न्युयोर्क। आप्रवासीका रूपमा विश्वभर रहेका नेपालीलाई एकताबद्ध गराउने अभिप्रायले ‘हामी नेपाली इन्टरनेसनल’ स्थापना भएको छ।
गैरनाफामुखी संस्थाका रूपमा अमेरिकाको न्युयोर्कमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारासहित सञ्चालनमा आएको हो।
जसको अध्यक्षमा नवराज केसी, प्रेसिडेन्ट इलेक्ट मोहन वाइवा, महासचिव सूर्य सिंखडा, उपाध्यक्षमा इन्दिरा त्रिपाठी, वसन्ती राई, जनक भण्डारी, बृहस्पति लामा, कोषाध्यक्ष राम खड्का, बोर्ड सदस्यमा अर्बिन पौडेल, रुद्र कार्की, अंकुर लुइँटेल, अशोक ज्ञवाली, गेग्ये योङयाल रिम्पोछे, मेरिना पराजुली, श्याम कार्की, पासाङ लामा, पूर्णबहादुर भुजेल मगर, विजय पुन, ध्रुवकुमार खत्री, कानुनी सल्लाहकार गिरिजा गौतम, इन्टरनेसनल ओम्यान को-अर्डिनेटर सुष्मा कार्की, इन्टरनेसनल मिडिया को-अर्डिनेटर मनोज बस्नेत, इन्टरनेसनल युथ को-अर्डिनेटर जोन लामा, इन्टरनेसनल मिडिया रिपोर्टर बेगाम पण्डित छन्।
त्यसैगरी सल्लाकार काउन्सिलमा राजन थपलिया, श्याम कार्की, लक्ष्मी भट्ट, स्कट डिलिसी (नेपालका लागि पूर्वअमेरिकी राजदूत), तुलसा थापा र केदारप्रसाद घिमिरे छन्।
“आप्रवासी नेपालीका रूपमा संसारभर छरिएर रहेका नेपालीलाई एकजुट गराउन संस्था स्थापना गरेका हौँ‚” संस्थाका अध्यक्ष नवराज केसीले भने‚ “छिटै अमेरिकाबाहेकका विभिन्न देशमा पनि संस्थाका शाखा स्थापना गर्ने काम अगाडि बढाउँछौँ।”