काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ। सीजीले सञ्चालन गरेको ‘क्यान यू सल्भ द पजल’ कन्टेस्टको विजेता घोषणा गरेको छ।

ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सीजीले कन्टेस्ट सञ्चालन गरेको थियो। ग्राहकको उत्साहजनक र व्यापक सहभागिता रहेको प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन्।

रिजाललाई सानेपास्थित सीजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सीजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी र उत्कृष्ट सीजी ब्रिजर २२ एयर कुलर हस्तान्तरण गरे।

प्रतियोगितामा ग्राहकबाट प्राप्त अपार सहभागिताले सीजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एकपटक प्रमाणित गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।