काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१४ फाल्गुन २०८२
अ+
अ-

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनर्निर्माण सकिने बताएका छन्। तर आमाको गुमेको कोख कहिल्यै नभरिने उनको भनाइ छ।

रास्वपा गोरखाले बिहीबार सदरमुकाममा आयोजित चुनावी सभामा उनले जेन-जी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे।

“यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्‍यो भनेर। तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन‚” उनले भने, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार हामी पुनर्निर्माण गर्छौं। सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ।”

आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए। लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावीसभामा समेत सम्बोधन गरे।