जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेश प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त सङ्ख्यामा हतियार प्राप्त भएका हुन्।
यहाँका आठ जिल्लामा विभिन्न व्यक्तिले २ हजार ५३१ थान इजाजत प्राप्त हातहतियार लिएको तथ्यांक भए पनि हालसम्म ४८१ थान मात्र प्राप्त भएको कार्यालयले जनाएको छ। अझै २ हजार ५० थान हतियार बुझाउन बाँकी छन्।
स्थानीय प्रशासनले नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउनका लागि सूचना जारी गरेका थिए।