१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । भारतबाट बढेर आएको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले यथावत् राखेको छ ।

भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।

तर, हाललाई साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ ।