१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । कतार सरकारले अवस्था सामान्य नभएसम्म घरभित्रै बस्न देशवासीलाई आग्रह गरेको छ ।

आन्तरिक मन्त्रालयले गरेको पछिल्लो आग्रहअनुसार इरानी आक्रमणका बीच देशका नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको हो ।

सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा मन्त्रालयले भनेको छ‚ “झ्याल र खुला ठाउँहरूबाट टाढा रहनुहोस्। अवस्था सामान्य नहुन्जेल अति आवश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कनुहोस् ।”