काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। इजरायली वायुसेनाका लडाकु विमानहरूले पछिल्लो २४ घण्टाभित्र इरानमाथि भएका हवाई आक्रमणहरूमा १,२०० भन्दा बढी गोला‑बारुद प्रहार गरेको जनाएको छ।

यस अभियानको लक्ष्य पश्चिम र केन्द्र इरानमा रहेका मिसाइल प्रणाली तथा वायु रक्षा प्रणालीजस्ता सैन्य लक्ष्यहरू रहेको दावी गरिएको छ।

इजरायली सेनाकाका अनुसार ईरानमाथि शुरुवातमै करिब २०० लडाकु विमानले करिब ५०० वटा लक्ष्यलाई निशाना बनाउँदै ऐतिहासिक रूपमा ठूलो हवाई आक्रमण सञ्चालन गरेको थियो।

यसमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण स्थल, हवाई रक्षा ब्याट्रीहरू र अन्य सैन्य संरचना समावेश थिए। इजरायली सेनाले यो कार्यलाई आफ्नो अबसम्मकै सबैभन्दा ठूलो हवाई अपरेसन हुने उल्लेख गरेको छ।

जसले इरानका सामरिक क्षमतामा ठूलो क्षति पुर्‍याउने उद्देश्य राखेको बताइएको छ।