काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
अ+
अ-

दोहा। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसको असर विश्व बजारमा देखिन थालेको छ। क्षेत्रीय तनाव चर्किँदै जाँदा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ भने सेयर बजार ओरालो लागेको छ।

सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेको थियो। पछि केही स्थिर भए पनि टोकियो समयअनुसार मध्याह्नसम्म अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट तेलको मूल्य करिब ५ प्रतिशत बढेर प्रति ब्यारेल ७६.४८ अमेरिकी डलर पुगेको छ।

एसियाली सेयर बजारहरू समेत गिरावटसहित खुलेका छन्। हङकङको ह्याङ सेङ सूचकांक करिब २ प्रतिशतले घटेको छ भने जापानको निक्केई २२५ सूचकांक १.५ प्रतिशतले ओरालो लागेको छ।

अमेरिकामा नियमित कारोवार समयबाहिर हुने सेयर फ्युचर्स कारोबारमा समेत उल्लेखनीय गिरावट देखिएको छ, जसले वाल स्ट्रिटमा अस्थिर कारोवारको संकेत गरेको छ। प्रमुख एस एन्ड पी ५०० तथा प्रविधिमैत्री नास्ड्याक कम्पोजिट सूचकांकसँग सम्बन्धित फ्युचर्स करिब ०.७ प्रतिशतले घटेका छन्।