काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२० फाल्गुन २०८२
निर्वाचन आयोगको कार्यालय। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

बुटवल। जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गर्न लागेको प्रतिनिधिसभाको चुनावमा भोलि (बिहीबार) मतदान हुँदै छ।

मतदानका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृतले मतदानस्थलमा आवश्यक काम पूरा गरिसकेका छन्। बुथमा प्रतिनिधि राख्नेदेखि मतदानका लागि क्रमसंख्या छुट्याएर टाँस्ने काम सकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन्।

रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छापलगायत आवश्यक सामग्री लिएर मतदानस्थल पुगेका कर्मचारीले सर्वदलीय बैठक र अन्य सुरक्षा तयारीका काम बुधबार दिउँसोसम्म पूरा गरेका थिए।

मैदानमा ३५ हजार सुरक्षाकर्मी, ‘हाई प्रोफाइल’ क्षेत्रमा उच्च सतर्कता

मतदानका लागि रूपन्देहीमा चार हजार ४०४ कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ मतदाता छन्। यी मतदाताले जिल्लाभरका २१३ मतदानस्थलमा तय गरिएका ७३६ केन्द्रबाट मतदान गर्नेछन्।

सबै मतदान केन्द्रमा एक-एकजना मतदान अधिकृत र एक-एकजना सहायक मतदान अधिकृतसहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

निर्वाचनमा मतदाताहरूको सहजताका लागि दुई हजार २०३ स्वयंसेवकसमेत खटाइएको छ।

मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणनास्थल र आसपासका क्षेत्रमा सीसीक्यामेरा जडान गर्ने, गणनास्थलमा तार जाली लगाउनेलगायत काम भइसकेको बस्नेतले बताए।

चुनावको दिनमा कस्तो रहला मौसम?