जनकपुरधाम । मधेस प्रदेशको सबै भन्दा पनि चर्चामा रहेको सर्लाही जिल्लामा समेत चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन ।
सलार्हीको क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी कार्कीले ७ हजार १ सय ९० मत प्राप्त गरि अग्रता लिएका छन। त्यसैगरि नेकपा एमालेका मनोजकुमार देवकोटाले १ हजार ६ सय ७४ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले ९ सय ८८ र नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार साहले ८सय १० मत प्राप्त गरेका छन ।
सर्लाही क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतोले ६ हजार ९ सय ९० मत प्राप्त गरेका छन भने नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले २ हजार ४ सय २९ मत प्राप्त गरेका छन । त्यसैगरि राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले १ हजार ९ मत प्राप्त गरेका छन । त्यसैगरि नेपाली काँग्रेसका उम्मेदवार सरोजकुमारले ६सय ७७,नेकपा एमालेका नागेश्वर साहले ३सय ३ मत प्राप्त गरेका छन ।
त्यसैगरि सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले ५ हजार २ सय २४,नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ७ सय २०,नेकपा एमालेका हरि उप्रतेीले ३ सय ३६ र नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार खनालले ५सय ४० मत प्राप्त गरेका छन ।
त्यसैगरि सर्लाही क्षेत्र नम्बर ४मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन । रास्वपाका डा.अमरेशकुमार सिंहले २ हजार ८सय ४७,नेपाली काँग्ेसका गगनकुमार थापालृ १ हजार ७ सय १४,नेकपा एलमोका अमनिशकुमार यादवले ४ सय १० र जनमत पार्टीका राकेशकुमार मिश्रले २सय ६७ मत प्राप्त गरेका छन ।