काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक विजयी भएका छन्। लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत पाइन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन्।

यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले चार हजार ९६९ मत ल्याए। यस क्षेत्रमा ८७ हजार २८ सदर र दुई हजार ७९६ मत बदर भएको थियो।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा पनि लामिछानेले यही क्षेत्रबाट चुनाव जितेका थिए।