काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। इनिशा बिकलाई न्याय माग गर्दै दलित, महिला र मानव अधिकारकर्मी माइतीघरमा भेला भएका छन्। माइतीघरमा भेला भएको टोली मानव अधिकार आयोग जाने बताइएको छ।

२३ फागुनमा वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा इनिशा विक अचेत अवस्थामा फेला परेकी थिइन्। घटनास्थल पुगेको प्रहरी टोलीले उपचारका लागि इनिसालाई कर्णाली प्रदेश अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यो पनि…

इनिसाको बलात्कारपछि हत्या

सोही दिन प्रहरीले घटनास्थलबाटै वीरेन्द्रनगर नगरपालिका ९ घर भएका १६ वर्षीय अनमोल गौलीलाई नियन्त्रणमा लिएको छ।

आफन्त र स्थानीयले इनिसा विक घटनामा प्रहरीले निष्पक्ष छानविन गर्नुपर्ने माग गर्दै आएका छन्।

हेर्नुहोस् तस्बिर :