काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ।

महाशाखाका अनुुसार आज दिउँसो  हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

देशको हिमाली भू–भागका थोरै स्थानमा र  पहाडी भू–भागका केही स्थानमा मेघगर्ज/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोशी र सुदुरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ।