काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

गाईघाट। उदयपुरको बेलका नगरपालिका २‚ बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक बेलका २‚ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नीरञ्जन थापाले जानकारी दिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर शव परीक्षणका लागि धरानस्थित बीपी मेमोरियल अस्पताल पठाएको छ।

“ट्याक्टरमा खेत जोत्ने उपकरण (रोटाजेटर) जडान गरिएको थियो। गिदेरी खोलाको उकाले चढ्ने क्रममा ट्याक्टरलाई लोड पर्न गई उक्त उपकरण खसेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु भइसकेको छ‚” थापाले भने।