काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

जात्रा

भक्तपुरको बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा

२ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। मध्यपुरथिमि नगरपालिकाको बोडेमा यस वर्ष पनि धुमधामका साथ ‘जिब्रो छेड्ने जात्रा’ मनाइएको छ।

यस वर्ष चौथोपटक जिब्रो छेडेर २९ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन्।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्णले नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्षअगाडि जिब्रो छेडाएका थिए।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले जुठो, सुतक परेकालगायत कसैलाई नछोइ शुद्ध बस्नुपर्ने परम्परा छ। यस्तै जिब्रो छेड्ने व्यक्तिले जुठो, नुन खान नहुने, बोडे छाडेर बाहिर जान नहुने चलन छ।

हरेक नयाँ वर्षको २ वैशाखमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइएको हो। हेरौँ थप तस्बिर :