काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से एकल अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ६.५१ अंकले घटेको छ। हिजो (सोमबार) भने नेप्से १.०३ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा ०.२३ प्रतिशतले घटेको नेप्से २७२४.३९ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.६८ अंकले घटेर ४६७.३७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१४ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ प्रतिशतले घटेको छ।
सेयरबजारमा मंगलबार ३४६ कम्पनीको ४५ हजार ५१९ पटकको कारोबारमा ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँको कारोबार भयो। सोमबार दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ११३ कम्पनीका सेयरमूल्य बढे। १४५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा चार समूहका सूचक बढे भने बाँकी नौ समूहका सूचक ओरालो लागे।
जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.१० प्रतिशतले घट्यो। विकास बैंक ०.७७ र फाइनान्स समूहको सूचक ०.०७ प्रतिशतले बढ्यो।
यस्तै होटेल तथा पर्यटन ०.५६‚ जलविद्युत् ०.५०‚ लगानी ०.२२‚ जीवन बिमा ०.२२ र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.६७ प्रतिशतले घट्यो।
लघुवित्त समूहको सूचक ०.१२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको सूचक ०.२१ प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ०.५६ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.३२ र व्यापार समूहको उपसूचक १.२४ प्रतिशतले घट्यो।
नेप्सेमा मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १४.२६ प्रतिशतले आम्दानी गरे। यसैगरी सिटी होटेल लिमिटेडका लगानीकर्ताले ६.८४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा पनि सिटी होटेल लिमिटेड नै अग्रस्थानमा रह्यो। आज सिटीको २३ करोड ५३ लाख ३५ हजार ६५३ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड अगाडि रह्यो। मंगलबार यसको १० लाख ५० हजार ८३० युनिट सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १२.९८ रुपैयाँ कायम रह्यो।