काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

सेयरबजार

नेप्सेमा आज १२१ कम्पनीका सेयरमूल्य बढे‚ १५१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा तीन कम्पनीका सेयरमूल्य स्थिर रहे।

३२ असार २०८३
अ+
अ-

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से एकल अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत:७.५० अंकले बढेर बन्द भयो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२८ प्रतिशतले बढ्दै नेप्से २५९७.८० विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि २.९२ अंकले बढेर ४५६.८६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६४ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.३४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० प्रतिशतले बढेको छ।

सेयरबजारमा बिहीबार ३७१ कम्पनीको ३९ हजार ५९५ पटकको कारोबारमा ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १२१ कम्पनीका सेयरमूल्य बढे। १५१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा तीन कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बिहीबार) १३ समूहको कारोबार भएकामा नौ समूहका सूचक बढ्दा चार समूहका सूचक घटे।

जसअनुसार नेप्सेमा बिहीबार वाणिज्य बैंक ०.६२ र विकास बैंक समूहको सूचक ०.०८ प्रतिशतले बढ्यो। फाइनान्स ०.६६‚ होटेल तथा पर्यटन ०.०९ र जलविद्युत् ०.३४ प्रतिशतले घटे।

यस्तै लगानी ०.१२ र जीवन बिमा समूहको सूचक ०.२५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहको सूचक ०.११ प्रतिशतले घट्यो।

यसैगरी लघुवित्त १.२३‚ म्युचुअल फन्ड १.६६‚ निर्जीवन बिमा १.११‚ अन्य ०.३१ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशतले बढ्यो।

नेप्सेमा बिहीबार एनआईबीएल ग्रोथ फन्ड (म्युचुअल फन्ड) का लगानीकर्ताले १४.९६ प्रतिशतले आम्दानी गरे। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८.७७ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको २४ करोड ७४ लाख २९ हजार २९३ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज सिंगटी नै अगाडि रह्यो। बिहीबार यसको आठ लाख २१ हजार ८७३ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ कायम रह्यो।