काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। संघीय सरकारले दैलेखको भैरवी गाउँपालिका १‚ जलजले क्षेत्रमा फेला परेको पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेको छ।

संघीय संसद्‌मा शुक्रबार आगामी आव ०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम अन्वेषणबाट प्राप्त तथ्यका आधारमा व्यावसायिक उत्पादन सुरु गर्न आवश्यक बजेट व्यवस्था गरिएको बताए।

दैलेख क्षेत्रमा गरिएको अन्वेषणबाट सकारात्मक नतिजा प्राप्त भएपछि उत्पादन प्रक्रियालाई अघि बढाउने तयारी गरेको मन्त्री वाग्लेले जानकारी दिए।

जलजले क्षेत्रमा लामो समयदेखि पेट्रोलियम तथा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन र अन्वेषण हुँदै आएको थियो।
हेर्नुहोस् लाइभ :