फोटो फिचर
काठमाडौँ। नेपाल-भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरूले गरेको विरोधका कारण राष्ट्रिय सभा बैठक २६ जेठमा बस्ने गरी स्थगित भएको छ।
बैठक सुरु हुनेबित्तिकै बुधबार राष्ट्रिय सभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम-कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एक सातापछि बस्ने गरी स्थगित गरिएको हो।
त्यसअघि बैठकमा राष्ट्रिय सभा सदस्य सुनीलबहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे। प्रधानमन्त्रीसँग सीमा मिचेको तथ्य भए संसद्मा प्रस्तुत गर्न उनले मागसमेत गरे।
सांसदहरूले उठेर निरन्तर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए। विरोध कायमै रहेपछि उनले २६ जेठमा बस्ने गरी बैठक स्थगित गरे। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक केही दिनदेखि प्रभावित हुँदै आएको छ।
हेर्नुहोस् थप तस्बिर :
