काठमाडौं। नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु हुँदैछ।
केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि सुरु हुने कार्यशाला भोलिसम्म सञ्चालन हुनेछ। एमाले सचिव महेश बस्नेतका अनुसार बुधबार बिहान ११:०० बजेदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना हुँदैछ।
कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने समेत उनले जानकारी दिएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमाले अध्यक्ष ओली सार्वजनिक रूपमा सहभागी हुन लागेको यो नै पहिलो औपचारिक कार्यक्रम हो।