काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका-९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे-४ का ईश्वर न्यौपाने, गुल्मी दरबार-२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम-२ का प्रकाश साहलाई पक्राउ गरिएको हो।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ का पशुपति राईलाई पक्राउ गरिएको हो।

उनीहरू सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो। अभियुक्तहरूबाट नगद ३१ लाख ८० हजार रुपैयाँ बरामद भएको छ।