काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार २० कृति एकैसाथ विमोचन गरिएको छ।
लेखक तथा सहित्यकार खुसीराम डौलियाका १८ तथा अनन्त विजय डौलिया र विष्णु गुरुङका एक-एक गरी २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो।
विमोचन गरिएका कृतिमा कविता, कथा, यात्रा संस्मरण, उपन्यास तथा जीवनीलगायत विधा समेटिएका छन्। डौलियाका सुगन्ध, हल्सीदेखि मुक्तिनाथ, बाध्यता, बस्तीभित्रका हस्तीहरू, पर्खालभित्र, अन्तरमनका आवाज : धुन तथा जीवनको परिभाषालगायत कृति सार्वजनिक गरिएका छन्।

कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डौलियाको साहित्यिक योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्वराजदूत जयराज आचार्य, संस्कृतिविद् जगमान गुरुङ, प्राध्यापक विद्यानाथ कोइराला, प्राध्यापक भागवत ढकाल, प्राध्यापक भागेश्वरी पंगेनी तथा मदन पुरस्कार गुठीका अध्यक्ष विजयराज न्यौपानेलगायतले कृतिको विमोचन गरे।