साहित्य
ग्रिसेली मिथक, इतिहास र पुराकथाले भरिएको गाथा ओडिसी
चेक आख्यानकार मिलान कुन्देराका किताबका प्लटहरू असाध्यै अनपेक्षित हुन्छन्। उनी आफ्ना आख्यानमा सिनेमा बनाउन दिने कुरामा उति उदार थिएनन्। मूल सामग्रीमाथि न्याय नहुने कुराले चिन्तित हुन्थे उनी। तर, पनि उनका धेरैजसो किताबमा सिनेमा बने। कुन्देराको द अनबियरेबल लाइटनेस अफ बिइङ उपन्यासमा आधारित यही नामको सिनेमा अस्करसम्मै पुग्यो।
विश्वभर कैयौँ सिनेमा यसैगरी किताबको जगमा टेकेर निर्माण भएका छन्। केही सिनेमाले किताबको सारलाई राम्ररी पक्रेका छन्, कलात्मक तथा लोभ्याउने खालका पनि छन्। साटान्टान्गो, सिन्डलर्स लिस्ट, लाइफ अफ पाई, हैदर केही उदाहरण हुन्। नेपालमा पनि किताबमा सिनेमा बनाउने अभ्यास त छ तर सह्रानीय काम साह्रै कम छन्। अधिकतर त विरूप पारिएका छन्।

ओडिसी फिल्मको कथामा आधारित स्केच। स्रोत : युट्युब
किताबको रूपान्तरण सिनेमामा मात्र सीमित छैन। कैयौँ दृश्य कविता भेटिन्छन् जहाँ शब्दसिर्जित संवेगलाई चित्रकलामा सजाइएको हुन्छ। एउटै भावभूमिमा कवि र चित्रकारका सिर्जनासमेत प्रदर्शनमा राखिएका हुन्छन्। नोबेल विजेता आख्यानकार ओह्रान पामुकको एउटा उपन्यास छ, म्युजियम अफ इन्नोसेन्स। पामुकको यस उपन्यासको रचनागर्भ प्रस्तरकला हो। उनले ८० भन्दा अधिक ढुंगा, दुर्लभ प्रस्तर भेला पारे। एउटा कोठामा सजाए, बिस्तारै तिनै सजावटबाट प्रेरित भएर उपन्यास लेखे। पछि यही उपन्यासमा आधारित भई सिनेमासमेत बन्यो।

होमरलिखित ओडिसी।
एउटै सर्जकका अनेक विधामा छिरलिएका सिर्जनाबाट कलाको पुनरावृत्ति भएन र? पाठक/श्रोता/दर्शकका लागि झिँजो लाग्ने स्थिति बनेन र? कसैले यसरी सोध्दा उनी भन्थे– मेरा सिर्जना विविध विधामा फैलिँदा नराम्रो केही भएको छैन। बरु एक मात्र विधामा सीमित रहँदा कतिपय सरोकारवाला (दर्शक/श्रोता/पाठक)को पहुँच हुन सकेको थिएन। रुचि, पहुँच र ग्रहण क्षमताका आधारमा आआफ्नो किसिमले सबैले मेरा सिर्जनाको आनन्द लिऊन्। म त खुसी छु।
विधा परिवर्तनको फेहरिस्त लामो र उत्तिकै रोचक पनि छ। यसै लहरमा यतिखेर उभिएको छ ओडिसी। यो हो होमररचित ओडिसी। ‘ओडिसी’ अर्थात् लामो यात्रा। यस्तो यात्रा जहाँ हरकदममा अनिश्चितता, चुनौती, प्रतिकूलता र जोखिमको चाङ लागेको हुन्छ।
एकल महिलालाई निरीह पात्र ठान्ने ठूलो जमात छ एकातिर। अर्कातिर उनीसँग विभिन्न बहाना र माध्यमबाट नजिकिने अनि आफ्ना कुत्सित तुष्टि पूरा गर्न लालायितको संख्या पनि कम छैन। यसर्थ ओडिसी आधुनिक मानिएको हाम्रै समाज चियाउने एउटा खटप्वाल पनि हो।
ओडिसी ग्रिसेली मिथक, इतिहास र पुराकथाले भरिएको गाथा हो। अडिसियस पात्र, उसकै रोचक र सनसनीपूर्ण यात्राको वर्णन छ।
ओडिसीको कथा बुझ्न ट्रोजन युद्धतिर फर्कनुपर्ने हुन्छ। ग्रिक मिथकमा वर्णित यस द्वन्द्वमा संलग्न दुई पक्ष थिए– ग्रिसेली र ट्रोय सहरवासी। ग्रिसेली राज्य स्पार्टाकी राजकुमारी हेलेनको अपहरणपछि यी दुई पक्षबीच १० वर्ष लामो युद्ध हुन्छ। ग्रिसेली मिथक तथा साहित्यमा यसको बग्रेल्ती चर्चा पाइन्छ। होमरकै इलियाड पनि यही युद्धकेन्द्रित दस्ताबेज हो।
किंवदन्तीअनुसार ग्रिसेलीहरूले लामो समय ट्रोय सहरलाई घेरा हालिबसे। अन्ततः ट्रोयको पर्खाल भत्काए, र हेलेनलाई मुक्त गराए।

निर्देशक क्रिस्टोफर नोलान। तस्बिर : ओडिसी फेसबुक
ओडिसीमा यी १० वर्षका उतारचढावका घटना त छँदै छन्। सँगसँगै उसको फिर्ती यात्राको वर्णन पनि उस्तै कौतूहलमय छ। उता दरबारमा अडिसियस मारिएको खबर पुग्छ। उसकी पत्नी पेनेलोप र पुत्र टेलिमाकस कुन मनोदशामा र बेचैनीमा बाँचेका हुन्छन्? विदारक वृत्तान्त सुनाइन्छ।
अडिसियसको अनुपस्थितिमा पेनेलोपसँग बिहे गर्न चाहनेहरूको लर्को लाग्छ दरबारमा। तर, उनी टसको मस नगरी अडिसियसको पर्खाइमा बसिरहन्छिन्। घटना प्राचीन छ, अझ मिथकीय। दरबारको यो काल्पनिक कहानी उत्तिकै मेल खान्छ हरेक समाजमा, हरेक हैसियतका मान्छेमा।
कथ्य परम्परा भनौँ वा श्रुति परम्परा, मिथकीय सामग्रीका प्रमुख आधार हुन्। महाभारत जस्ता ग्रन्थहरू यसरी नै अस्तित्वमा आए। जहाँ एक जनाको नाम उल्लेख भए पनि विभिन्न समयमा अलग मान्छेले योगदान गरेको मानिन्छ। अरूहरूले पनि केही थप्दै त्यसलाई परिष्कृत वा उन्नत बनाएको ठानिन्छ।
एकल महिलालाई निरीह पात्र ठान्ने ठूलो जमात छ एकातिर। अर्कातिर उनीसँग विभिन्न बहाना र माध्यमबाट नजिकिने अनि आफ्ना कुत्सित तुष्टि पूरा गर्न लालायितको संख्या पनि कम छैन। यसर्थ ओडिसी आधुनिक मानिएको हाम्रै समाज चियाउने एउटा खटप्वाल पनि हो।
इस्वी् संवत सुरु हुनु कैयौँ शताब्दीअघिको रचना हो ओडिसी। २४ अध्यायमा विभाजित ओडिसीमा पनि युलिसिस पात्र छ। छैटौँ अध्यायमा युलिसिस पात्रमा केन्द्रित हुन्छ कथानक। उसको भेट नौसिकासँग हुन्छ। युलिसिसलाई सघाउन छायाझैँ पछ्याइरहेको छ मिनेर्भाले। युलिसिस पछिसम्म छाउँछ ओडिसीमा, प्रबल पात्रका रूपमा। यही पात्रलाई समाएर आइरिस लेखक जेम्स जोयसले पछि सिंगै उपन्यास लेखे– युलिसिस।

ओडिसीका कलाकारहरू। तस्बिर : ओडिसी फेसबुक
दुष्ट देवी सर्स, ज्ञानकी देवी एथेनालगायत अडिसियसलाई वशमा पार्न खोज्ने अप्सराहरू, भविष्यवेत्ता टेइरेसियस आदिको उपस्थितिले घटना हाम्रो पूर्वानुमानभन्दा अलग ढंगले मोडिन्छ। उस्तै उहापोहमय छ वर्णन। प्रार्थना, इवादत, ध्यान, चमत्कार, सपना, भूतप्रेत, टुनामुना, जालझेल जस्ता अनेक पक्ष छन् ओडिसीभित्र जसले अपरिचित भूगोलको पठनलाई सहज एवं रोमाञ्चक बनाइरहेको हुन्छ। ओडिसी पढिरहँदा प्रचलित हाम्रा प्राचीन काव्य/आख्यान झल्झल्ती सम्झनामा आउँछन्। मिथक र आख्यानबाट टाढिएर फेरि आफ्नै परिवेश र भूगोलमा जोडिन्छौँ हामी। आखिर हाम्रो जीवनमा पनि यी हरेक पक्षले कहीँ न कहीँ कुनै न कुनै स्वरूपमा प्रभावित गर्छन् घरीघरी अनि कहिलेकाहीँ दिग्भ्रमितसमेत।

एन्नी हाथवे।
महाकाव्य नै मानिन्छ ओडिसी। पद्य कविताको मूल स्वरूपमा छ यो। सहजै बुझियोस् भनेर पछि आख्यानमा समेत ढालियो। सभ्यता विकासको आदिम नगरी ग्रिस। सुरुमा ओडिसी यहीँको ग्रिसेली भाषामा देखियो। पछि कैयौँ भाषामा रूपान्तरण भयो। अंग्रेजी अनुवाद पनि एउटामा मात्र सीमित छैन, विभिन्न समयमा विभिन्न लेखकले गरेका अनुवाद उपलब्ध छन्। कथ्य परम्परा भनौँ वा श्रुति परम्परा, मिथकीय सामग्रीका प्रमुख आधार हुन्। महाभारत जस्ता ग्रन्थहरू यसरी नै अस्तित्वमा आए। जहाँ एक जनाको नाम उल्लेख भए पनि विभिन्न समयमा अलग मान्छेले योगदान गरेको मानिन्छ। अरूहरूले पनि केही थप्दै त्यसलाई परिष्कृत वा उन्नत बनाएको ठानिन्छ।
किताब पढ्ने प्रचलन हराउँदै गएको र न्यूनतम समयका ‘रिल’ र ‘मिम’ मा सीमित जमातका लागि समेत सामयिक खुराक हो, नोलानको ओडिसी।
ओडिसीलाई पनि मौखिक कथावाचनको धारावाहिक सिलसिला भन्दा हुन्छ। यसैले यसको रचनाकाल, ऐतिहासिक आधारशिला अस्पष्ट छ, अनि विरोधाभास पनि। तर पनि कथामा सम्मोहन छ।
विश्वकप फुटबलको सरगर्मी उत्कर्षमा पुगेको यही बेला विश्व सिनेमा जगत् तरंगित छ– क्रिस्टोफर नोलान लिखित/निर्देशित सिनेमा ओडिसीको शुक्रबार (१ साउन) सुरु हुने प्रदर्शनका कारण।
ओडिसीलाई आधार मानेर युलिसिस, ओडिसी, दी रिटर्नलगायत सिनेमा बनिसकेका छन्। नाटक तथा अन्य कला स्वरूपमा पनि मञ्चित/प्रदर्शित भइसकेको छ। नोलानको ओडिसी अर्को एउटा प्राप्ति हो।
क्रिस्टोफर नोलान सिनेप्रेमीले पछ्याइरहने नाम हो, त्यो पनि अत्यन्त श्रद्धाले। उनी निर्देशित सिनेमाहरू पृथक् विषयकेन्द्रित र दिगो प्रभाव छोड्ने खालका हुन्छन्। विषयलाई तोडमोड नगरी मनोरञ्जनप्रधान र दर्शकलाई बाँध्ने सिनेमा कसरी बनाउने नोलानलाई मजैले थाहा छ। उनको अघिल्लो सिनेमा वैज्ञानिक ओपनहाइमरमाथि बनेको बायोपिकले व्यापक बहस सिर्जना गरेको थियो।

फिल्मको दृश्य।
आशा छ, डिजिटल दुनियाँका आफूलाई सर्वज्ञानी ठान्ने समुदायलाई समेत यसले लट्ठ्याउनेछ। किताब पढ्ने प्रचलन हराउँदै गएको र न्यूनतम समयका ‘रिल’ र ‘मिम’ मा सीमित जमातका लागि समेत सामयिक खुराक हो, नोलानको ओडिसी।
सामाजिक सञ्जाल र अनलाइन जगत्बाट केही घण्टा अलग्गिएर मिथकीय संसारमा हराउने कि? क्रिस्टोफर नोलानको जादुमय दृश्य संसारसँग एकाकार हुने कि?