काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले हालै गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले एमालेको वर्तमान कार्यविभाजनले संगठनात्मक सिद्धान्तभन्दा आदेश पालनाको संस्कृतिलाई प्राथमिकता दिएको संकेत गरेका छन्।

उनले लेखेका छन्, “एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै।”

बास्कोटाले कार्यविभाजन प्रक्रियामा कुनै स्पष्ट सिद्धान्तले काम नगरेको टिप्पणी गर्दै पार्टीको भावी दिशा र संरचनामाथि प्रश्न उठाएका छन्। उनले व्यंग्यात्मक शैलीमा “अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नुपर्ने अवस्था आएको” उल्लेख गरेका छन्।

उनको यो अभिव्यक्ति पार्टीभित्र गरिएको पछिल्लो जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि र आलोचनाका रूपमा हेरिएको छ।