काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

विराटनगर। मोरङको उर्लाबारी नगरपालिका ७‚ गोलचोकबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उर्लाबारी ६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि बसेका उर्लाबारी ५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर आइतबार बरामद गरेको हो।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।