विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–७‚ गोलचोकबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी ६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि बसेका उर्लाबारी ५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर आइतबार बरामद गरेको हो।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।