काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज (सोमबार) भएको भेटका क्रममा उनीहरूबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल-जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।