काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

दाङ। राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेसन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ। पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ।

वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ।

“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ। यन्त्रले २४सै घण्टा नै वातावरणको निगरानी गर्ने गर्दछ।” एक करोड मूल्य बराबरको उक्त मेसिन सङ्घीय सरकारले जडान गरेको हो । जुन यन्त्र मोफसलमा राप्ती गाउँपालिकाले मात्रै जडान गरेको छ। दुई वर्ष अघि जडान गरिएको अध्यक्ष विष्टले बताए।

दाङको राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेसन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ। पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ। त्यसले गर्दा वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ।

“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ, भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ।”