काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गुरुङ र पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव‚ प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल‚ राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल‚ मन्त्रिपरिषद्का सदस्यहरू तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो।
नवनियुक्त गृहमन्त्री गुरुङले देशको शान्ति-सुरक्षा सुदृढ गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै नवप्रवर्तनमन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने बताएका छन्।
गुरुङ यसअघि पनि वालेन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका व्यक्ति हुन्। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि राजीनामा दिएका गुरुङ छानबिन समितिले निर्दोष देखाएपछि पुन: गृहमन्त्रीमा नियुक्त भएका हुन्। त्यस्तै पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए। उनी स्वतन्त्र सांसद हुन्।
