काठमाडौँ। प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ बजेका लागि तोकिएको छ।
बिहान ११ बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।