काठमाडौं। साउन लागेसंगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ।
साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन्।
हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन्।
साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ।
पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ। हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो।
पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दा छ।
तस्बिरहरु :