काठमाडौं। संघीय संसद्को अवरोध खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, मालेका प्रमुख सचेतक ऐन महर, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका हुन्।
रविसँगको छलफलपछि विपक्षी दल केही लचिलो बनेका छन्।
प्रधानमन्त्री बालेनले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले संसदमा अवरोध गरिरहेका छन्।