काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार तीन सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोलामा ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।