काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।

आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन्।

पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति जनाए।

यस्ता विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै उनले यो आपत्तिजनक भएको बताए।

पुनले उक्त विषय शुक्रबारकै लेखा समिति बैठकमा पनि उठाएका थिए।

पुनले अर्थमन्त्रीलाई सुरुमा ‘शंकाको लाभ’ दिइएको भए पनि पछिल्लो घटनाक्रमले उनको भूमिकामाथि नै प्रश्न उठाएको बताए । उनले संसद्लाई दबाब दिने वा धम्क्याउने प्रयास भएको दाबी गर्दै यसप्रति गम्भीर आपत्ति जनाए।

उनले अर्थमन्त्रीले सात वटा करका दर परिवर्तन गरेको भन्ने वि आफैंले स्वीकारेकाले अब यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।