काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३ असार २०८३
अ+
अ-

काठमाडौँ। सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो। इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थितिमा पुगेको हो।

फिफा विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको सुरुवाती खेल नै उत्कृष्ट देखिएकाले यस समूहमा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ। आजको जितसँगै विश्वकप २०२६ मा नर्वेले ३ अंक जोडेको छ।