काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
अ+
अ-

चितवन। पहिराेले अवरुद्ध भएकाे चितवनकाे नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

तुइनखोलामा पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा आएकाे हाे।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना–५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।