काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो । तर बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत ढंगले एकलौटी पारामा केन्द्रीय समिति वाहिरका व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको हो ।

बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो । यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।