६ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पाल्पा। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

नुहाउने क्रममा बिहीबार साँझ बगनासकाली गाउँपालिका ६‚ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार पौडी खेल्ने क्रममा दुवैजना डुबेर बेपत्ता भएका थिए। प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज (शनिबार) शव फेला परेको हो।

शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको भट्टराईले बताए। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो।