काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
अ+
अ-

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड शेयरिङ सेवामा आबद्ध राइडर तथा ड्राइभरलाई स्थायी लेखा नम्बर (प्यान) लिएर मात्र सेवा सञ्चालन गर्न आह्वान गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार राइड शेयरिङ सेवामा हुने भुक्तानीमा स्रोतमा कर कट्टी (टीडीएस) लागू हुने भएकाले चालकहरूले अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था रहेको जनाएको छ।

आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ अनुसार निर्धारणयोग्य आय आर्जन गर्ने, विभागले प्यान लिनुपर्ने भनी तोकेका वा भुक्तानीमा कर कट्टी हुने व्यक्तिले आय आर्जन वा कर कट्टी हुनुअघि नै स्थायी लेखा नम्बर लिनुपर्ने कानुनी व्यवस्था छ।

विभागले सोही कानुनी व्यवस्थाअनुसार राइड शेयरिङ सेवामा आबद्ध सबै राइडर तथा ड्राइभरले प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्ने स्पष्ट गरेको छ।