रास्वपा महाधिवेशन
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्र घण्टी बजाएर सुरुआत गरिएको थियो भने समापन पनि घण्टी बजाएरै गरिएको छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए। महाधिवेशन उद्घाटन सत्रको अन्त्यमा सभापति लामिछानेले सम्बोधन गरेसँगै घण्टी बजाएरै समापन गरियो। उद्घाटन सत्रको सुरुआत र समापन दुवै सभापति लामिछाने र वरिष्ठ नेता शाहले गरेका थिए।
उद्घाटन सत्रको सुरुआतमा लामिछाने र शाहसँगै उपस्थित अन्य दलका नेताहरूले पनि घण्टी बजाएका थिए।
रास्वपाको प्रथम महाधिवेशन आज‚ भोलि र पर्सि तीन दिन चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।