काठमाडौँ। काठमाडौँमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्स भव्य रूपमा आयोजना भएको छ।
बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित महामहोत्सव भव्य रूपमा भएको हो।
धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ।
कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।
तस्बिरहरु :