काठमाडौँ। २०८३ साल असार १० गते बुधबार सन् २०२६ जुन २४ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष राशि: व्यापार(व्यवसायमा नयाँ अवसरहरू मिल्नेछन्। जीवनसाथी वा साझेदारको सहयोगले रोकिएका कामहरू पुरा हुनेछन्। यात्राको योग बन्नेछ तर स्वास्थ्यको मामिलामा अलिकति सतर्क रहनुहोला।
वृष राशि: शत्रुहरू परास्त हुनेछन् र पुराना ऋणहरूबाट मुक्ति मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा केही गडबडी आउन सक्छ।
मिथुन राशि: बौद्धिक कार्य र रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि दिन राम्रो रहनेछ। प्रेम जीवनमा मधुरता आउनेछ र आकस्मिक धन लाभको योग देखिन्छ। जीवन साथीको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।
कर्कट राशि: पारिवारिक सुख(सुविधामा वृद्धि हुनेछ, तर आमाको स्वास्थ्यलाई लिएर केही चिन्ता बढ्न सक्छ। कार्यक्षेत्रमा हतारमा कुनै पनि ठुलो निर्णय नलिनुहोला। मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ।
सिंह राशि: तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्रा हुन सक्छ। दाजुभाइ तथा दिदीबहिनीको पूर्ण सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान(प्रतिष्ठा बढ्नेछ।
कन्या राशि: आर्थिक पक्ष बलियो रहनेछ र धन सञ्चय गर्न सफलता मिल्नेछ। परिवारमा कुनै मांगलिक कार्यको चर्चा हुन सक्छ। बोलीको प्रभावले बिग्रिएका कामहरू पनि बन्नेछन्। आफ्नो काममा नै बढी केन्द्रित हुनु राम्रो हुनेछ ।
तुला राशि: चन्द्रमाको प्रभावले तपाईंको व्यक्तित्वमा निखार आउनेछ। मानसिक रूपमा शान्ति र प्रसन्नता महसुस गर्नुहुनेछ। नयाँ कार्यको थालनीका लागि दिन उत्तम छ। सामाजिक क्षेत्रमा तपाईंको लोकप्रियता बढ्नेछ।
वृश्चिक राशि: खर्चमा अचानक वृद्धि हुनाले बजेट बिग्रिन सक्छ। अनावश्यक वादविवाद र अदालती मामिलाबाट टाढै रहनुहोला। वैदेशिक कार्य वा व्यापारमा लागेकाहरूका लागि भने दिन लाभदायक रहन सक्छ।
धनु राशि: आयका नयाँ स्रोतहरू फेला पर्नेछन् र पुराना लगानीबाट राम्रो नाफा मिल्नेछ। साथीभाइ र ठुला बडाको सहयोगले महत्त्वपूर्ण कामहरू पुरा हुनेछन्। इच्छा आकांक्षा पुरा हुने दिन छ। समय तपाइँको अनुकुल नै रहनेछ।
मकर राशि: कार्यक्षेत्र र करियरका लागि दिन अत्यन्तै शुभ रहनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको सम्भावना देखिन्छ। सरकारी कामहरू सहजै सम्पन्न हुनेछन्। बुबासँगको सम्बन्ध थप प्रगाढ बन्नेछ।
कुम्भ राशि: भाग्यले पूर्ण साथ दिनेछ। धार्मिक र आध्यात्मिक कार्यहरूमा रुचि बढ्नेछ। रोकिएका अधुरा कामहरू सजिलै पुरा हुनेछन्। लामो दुरीको यात्रा फलदायी रहनेछ। धार्मिक कार्यमा खर्च बढेपनि मन प्रसन्न रहनेछ।
मीन राशि: स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, त्यसैले स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। अचानक केही चुनौतीहरूको सामना गर्नु परे पनि धैर्यता राख्दा सफलता मिल्नेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस्।