काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ।

केडिया ग्रुपअन्तर्गतको नेपाल भलिबल लिगले काठमाडौँमा बिहीबार यसै वर्ष आयोजना हुने एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरेको हो। एनभीएलमा सगरमाथा शमशेर, मधेस वारियर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

६ टिमबाहेक सहभागी हुन इच्छुक दुईवटा टिमका लागि आवदेन खुला राखिएको समेत एनभीएलले जनाएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने लिगको मिति भने चाँडै सार्वजनिक गरिने लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्ययले जानकारी दिए।

समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि उचाइको नयाँ उडानलाई नेपाल भलिबल लिगको नारा बनाइएको उनले बताए। उनले लिगले नेपाली भलिबलको स्तरलाई थप नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाली भलिबलको विकासमा  संघ निरन्तर रहेकाले प्रतियोगितालाई प्राथमिकतामा राख्ने बताए।

उनले नियम-कानुन पालना गरेर प्रतियोगिता आयोजना गरे संघ मध्यस्थकर्ता गर्न तयार रहेको पनि उल्लेख गरे।