काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
तस्बिर : किरणराज विष्ट/रासस
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ।

 संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन्। यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत स्थगन भएको थियो।

 चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।