यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ। यद्यपि, समान ६ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि पर्दै आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो।
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओमाथि सहज जित निकाल्दै आइभरी कोस्टले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो। यो जितसँगै ६ अंकसहित आइभरी कोस्ट नकआउट चरणमा पुगेको छ।
आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे। उनले खेलको ७ औँ र ६४ औँ मिनेटमा गरेको गोलसँगै आइभारी कोस्टले इतिहास रचेको छ।
यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ। यद्यपि, समान ६ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि पर्दै आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो।