काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेट भएको छ।
विराटनगरस्थित कोइराला निवासमा तीन नेताबीच भेट भएको हो। शुक्रबार बिहान दाहाल र नेपाल कोइराला निवास पुगेका थिए।
उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।