१३ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए।