काठमाडौँ। २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आजको दिन अलि सतर्क रहनुपर्ने देखिन्छ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला। सोचेका कामहरूमा केही ढिलाइ वा अवरोध आउन सक्छ। वादविवादबाट टाढै रहनु उत्तम हुनेछ र यात्रा गर्दा सावधानी अपनाउनुहोला।
वृष: आजको दिन आनन्ददायी र उत्साहजनक रहनेछ। जीवनसाथी वा व्यापारिक साझेदारबाट राम्रो सहयोग मिल्नेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। नयाँ कार्यको थालनीका लागि समय अनुकूल छ। पारिवारिक सुख र वैवाहिक जीवनमा मधुरता छाउनेछ।
मिथुन: आजको दिन तपाईंका लागि अनुकूल र सफलतादायक रहनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ भने पुराना ऋण वा समस्याहरूबाट मुक्ति मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ।
कर्कट: आजको दिन बौद्धिक र रचनात्मक कार्यका लागि उत्तम छ। अध्ययन(अध्यापनमा रुचि बढ्नेछ र विद्यार्थी वर्गका लागि दिन शुभ रहनेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाउनुहुनेछ। आकस्मिक धन लाभ वा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।
सिंह: आजको दिन केही मानसिक तनाव वा अशान्ति बढ्न सक्छ। पारिवारिक विषयलाई लिएर मनमा चिन्ता रहन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा अलि सचेत रहनुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक देखिन्छ। धैर्यताका साथ काम लिनुहोला।
कन्या: आज तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दुरीको लाभदायक यात्राको सम्भावना छ। दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो सहयोग र सद्भाव प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ र रोकिएका कामहरू आफ्नै मिहिनेतले सम्पादन गर्न सकिनेछ।
तुला: आजको दिन आर्थिक दृष्टिकोणले राम्रो रहनेछ। आकस्मिक धन लाभ हुने वा रोकिएको पैसा हात पर्ने योग छ। बोलीको प्रभाव बढ्नाले सामाजिक र व्यावसायिक क्षेत्रमा फाइदा पुग्नेछ। परिवारमा मांगलिक वा शुभ कार्यको चर्चा हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
वृश्चिक: आजको दिन तपाईंको लागि उत्साहजनक र ऊर्जावान् रहनेछ। मानसिक रूपमा प्रसन्नता र स्फूर्ति महसुस गर्नुहुनेछ। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउन र तिनलाई कार्यान्वयन गर्न आजको दिन निकै उत्तम छ।
धनु: आज खर्चको मात्रा अलि बढ्न सक्छ, त्यसैले आर्थिक कारोबारमा ध्यान दिनुहोला। अनावश्यक यात्रा वा दौडधुप हुन सक्छ। समयमा काम पुरा नहुँदा केही छटपटी होला। विवाद र अदालती मामिलाबाट टाढै रहनुहोला। बेलुकापख स्थितिमा केही सुधार आउनेछ।
मकर: आजको दिन तपाईंको लागि निकै फलदायी रहनेछ। विभिन्न माध्यमबाट आयआर्जन बढ्नेछ र आर्थिक स्थिति मजबुत हुनेछ। पुराना मित्रहरूसँग भेटघाट हुने वा उपहार प्राप्त हुने योग छ। दाजुभाइ वा उच्च अधिकारीबाट काममा विशेष सहयोग मिल्नेछ।
कुम्भ: आज कार्यक्षेत्रमा ठुलो सफलता वा पदोन्नतिको सम्भावना छ। नयाँ व्यवसाय वा रोजगारीको अवसर प्राप्त हुन सक्छ। सामाजिक कार्यमा अग्रसर भइनेछ र समाजमा आफ्नो प्रभाव बढाउन सकिनेछ। बुबा वा पितृसमानका व्यक्तिबाट मार्गदर्शन र लाभ मिल्नेछ।
मीन: आज तपाईंको भाग्यले साथ दिनेछ। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नुका साथै तीर्थयात्राको योग बन्न सक्छ। रोकिएका पुराना कामहरू सजिलै सम्पन्न हुनेछन्। समाजमा मान(सम्मान मिल्नेछ र टाढाको यात्रा वा वैदेशिक कार्यहरू सकारात्मक रूपमा अघि बढ्नेछन्।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।