काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
अ+
अ-

काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री सुदन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीसाधनमा जडान गरिएको कालो स्टिकर हटाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृहसचिवको सवारीको कालो सिसा हटाएको हो।

ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैँ ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूको सवारीसाधनको कालो सिसा हटाएका हुन्।