काठमाडौँ। इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ।
मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक÷एक गोल गरे।
खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो।
मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो। यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ।